युक्रेनलाई सहयोग र समर्थन गर्न इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेशमन्त्री युक्रेन जाँदै

१० फागुन, एजेन्सी । रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेशमन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् । इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् ।

युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ ।

लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभिस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् । उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि युक्रेन जान लागेको जानकारी दिएका छन् ।

Advertisement

मित्र देशको दायित्वअनुसार आफूहरुले यसै हप्ता युक्रेन भ्रमण गर्न लागेको लाट्भीयाका विदेशमन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top