राजश्व प्रभावित हुने

राजश्व प्रभावित हुने

वीरगञ्ज, साउन ३०
प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी (सवारी तर्फ) पर्साले चालू आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ ।

प्रदेश तथा स्थानीय सरकारले ठूला सवारीसाधनमा सात प्रतिशत सडक दस्तुर, प्रदूषण जाँच कर तथा अन्य प्रदेशले सवारीसाधन आफैँ दर्ता गर्ने भएकाले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ ।

अघिल्लो आवसम्म चितवन हेटौँडाबाट बढी मात्रामा सवारीसाधन दर्ता हुने गथ्र्यो । तर अब चालू आवदेखि प्रदेश सरकारले आफँै दर्ता गरी कर उठाउने भएपछि यसको प्रत्यक्ष मार कार्यालयमा परेको लेखापाल हेमबहादुर बोगटीले बताए ।

सो कार्यालयले आव २०७३–०७४ भन्दा आव ०७४–०७५ मा ६ दशमलव २९ प्रतिशत राजश्व बढी उठाएको छ । सो आवमा ९२ हजार ५७७ सवारी साधन दर्ता गरी रु तीन अर्ब २८ करोड ३५ लाख २७ हजार ६७९ राजश्व उठ्यो जुन आव २०७३–०७४ भन्दा रु २० करोड ६८ लाख ५२ हजार २७१ बढी हो ।

कार्यालयले आव २०७३–०७४ मा ८३ हजार ८० सवारीसाधन दर्ता गरी रु तीन अर्ब ७६ करोड ६७ लाख ५० हजार ४०८ राजश्व उठाएको थियो । अघिल्लो वर्ष सवारी दर्ता बढी भएको, पुरानो गाडीको लगत कट्टा बढी भएको, लिलामी, नामसारी बढी भएकोले ६ दशमलव २९ प्रतिशत बढी राजश्व उठेको निमित प्रमुख उपेन्द्र महतोले बताए ।
(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.