×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिभुवन विमानस्थलमा धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुँदै

१९ फाल्गुन २०७८

१९ फागुन, काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुँदैछ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।

Advertisement
Advertisement

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । यसमध्ये एउटा रेडियो उपकरणले काम गरे÷नगरेको परीक्षण गरिँदैछ ।

अर्को धावनमार्गमा जडान भएको लाइटको परीक्षण गरिने छ । यो लाइटले जहाजको अवतरणमा सहयोग गर्छ । एयारेथाईको जहाज अहिले काठमाडौं विमानस्थल मै रहेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि यस्तो परीक्षण भएको थिएन । यान्त्रिक उडानका दौरान नियमित उडानहरु प्रभावित हुनेछन् ।

एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला जहाजहरु होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नु पर्ने अवस्था भने नआउने सक्ने उनको भनाइ छ ।

Advertisement

अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा उडान हुने उनले जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top