प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी

३० साउन ७५, बिहीबार

काठमाडौँ,साउन ३०
नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ ।

आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ ।

प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु मात्र भएका प्रस्ट गरेको छ ।

Advertisement

इपिजीका कामका सम्बन्धमा सञ्चारमाध्यममा प्रस्तुत टिप्पणी एवं आलोचनाको इपिजी जवाफदेही नहुने तथा सम्बन्धित राष्ट्रका सरकार प्रमुखसमक्ष प्रतिवेदन प्रस्तुत नभएसम्म प्रतीक्षा गर्न पनि अनुरोध गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top