×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी

२० फाल्गुन २०७८

२० फागुन ,काठमाडौँ । सरकारले लगातार इन्धनको मूल्य बढाएपछि थप आर्थिक भार परेको भन्दै यातायात व्यवसायीहरुले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् ।

डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ ।

Advertisement
Advertisement

सरकारले बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको हो ।

पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाए यता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँले बढेको छ । त्यसबेला असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२५ र डिजल १०८ रुपैयाँ प्रतिलिटर थियो ।

लगातार डिजल–पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गरेका हुन् । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी चलाउँदाको लागत उठ्न छाडिसकेको दावी गर्छन् ।

महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक–पटक भएको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नरहेको व्यवसायीहरुको गुनासो छ ।

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा थप बिगार्ने गरी मूल्य बढाइरहेको गरिरहेको सिटौलाको आरोप छ ।

कोरोना महामारीको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक व्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरिँदा ठूलो समस्या परेको महासंघले जनाएको छ ।

पटक पटक ध्यानाकर्षण गराएपनि उपभोक्ता वर्गलाई पर्ने असरलाई समेत वेवास्ता गरी सोही क्रम जारी राख्दा समस्या भएको महासंघको निष्कर्ष छ ।

Advertisement

महासंघले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै फागुन २५ गतेभित्र मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो । सरकारबाट बढेको मूल्य फिर्ता नलिए र भाडा समायोजन नगरे बढेको मूल्यमा आधारमा महासंघले नै बाध्य भएर भाडा समायोजन गर्ने महासचिव सिटौलाले चेतावनी दिएका छन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top