×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गर्भवती महिलालाई डोजरमा स्वास्थ्यचौकी लगियो

३१ श्रावण २०७५

जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले ।

तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जाने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो ।सवारीसाधान चल्न छाडेको धेरै भएको थियो । व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो ।

Advertisement
Advertisement

यस्तै अप्ठेरोम स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।

Advertisement

साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे । राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन । शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बहान मिलनकै डोजरमा उनी घर फर्किइन ।आजको नागरिक दैनिकमा यो खबर छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top