×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२६ फाल्गुन २०७८

२६ फागुन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

Advertisement
Advertisement

प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको छ । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आउँदो स्थानीय तह चुनावमा एकल रुपमा जाने परिकल्पना नगरिएको बताए ।

पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म कायम राख्नुपर्नेमा उनको जोड छ ।

बैठकमा पार्टीको भावी कार्ययोजनासँगै सदनबाट पारित अमेरिकी सहयोग अनुदान एमसीसीबारेमा पनि समीक्षा भैरहेको छ ।

Advertisement

बैठकमा आउँदो चुनाव, सत्ता सहकार्य, गठबन्धन र एमसीसी पारितपछि उत्पन्न परिस्थितिबारे छलफल भैरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top