भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपा अघि

२६ फागुन, एजेन्सी । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ ।

उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् ।

युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा सबैभन्दा ठूलो दल बन्ने सार्वजनिक गरिएको थियो । अखिलेश यादव नेतृत्वको सपा पनि टक्करमा आउने अनुमान छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top