×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनसँगको व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति

२७ फाल्गुन २०७८

२७ फागुन, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति भएको छ । नेपाल चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच भएको भर्चुअल बैठकमा नाकाबाट आयात बढाउने विषयमा चिनियाँ पक्ष सहमत भएको हो ।

आउँदो चैत १ गते मङ्गलवारदेखि सामग्री आयात बढ्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

Advertisement
Advertisement

मङ्गलवारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउनेछ । अहिले नाकाबाट दैनिक ९ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ ।

कोभिड–१९ को प्रभाव कम हुँदै गएको र रसुवाका धेरैजसो नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेकाले नाका कोभिड पूर्वकै अवस्थामा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली पक्षले दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

बैठकमा केरुङमा व्यापार व्यवसाय गर्दै आएका नेपाली फर्किने गरी सहजीकरण गर्न, नेपालमा आयात हुन बाँकी २५ हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा टिमुरेमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरिएको छ ।

Advertisement

यस्तै चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध चोरी सिकारी र अपराध नियन्त्रणमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top