प्रकाश सपुतको नयाँ गीत ‘पिर’ चर्चामा, गीतले जनयुद्धको विरोध नगरेको बाबुराम भट्टराईको टिप्पणी

२९ फागुन, काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ एकाएक चर्चित भएको छ । शनिवार युट्युबमा गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ ।

जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् ।

१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ ।

सशस्त्र द्वन्द्वपछि टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा गीतले समेटेको छ ।

तर सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् ।

गीतको भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।

यसअघि पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’को पनि यसैगरी विरोध भएको थियो । २०७५ सालमा शर्माले ल्याएको यो गीतविरुद्ध एमालेका कार्यकर्ताले विरोध जनाएका थिए ।

विरोध चर्किएपछि शर्माले युट्युबबाट गीत हटाएर केही महिनापछि परिमार्जनसहित फेरि युट्युबमा पोस्ट भएको थियो ।

प्रकाशको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैनः बाबुराम भट्टराई

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन् । आफू जनयुद्धको अगुवा हुनुको नाताले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराईले उल्लेख गरेका छन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु – त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top