सुनको भाउ आज प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम

सुनको भाउ आज प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम

३ चैत, काठमाडौँ । हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो ।

आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.