‘म उपप्रधानमन्त्री भएका बेला वृद्धभत्ता सुरू भएको हो’– माधव नेपाल

३ चैत ७८, शुक्रबार

४ चैत्र, विराटनगर ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले वृद्धभत्ता सुरू गरेको दाबी गरेका छन्।

‘नेपालमा बुढापाकालाई भत्ताको सुरूवात कसले गर्‍यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए त्यही पार्टीले गर्‍यो भन्ने उत्तर आउँने उनले बताए । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको पनि नेपालले बताए।

‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मुल नेता। यो भत्ताको सुरू गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन। कमसेकम स्याबास् भन्नुपर्ने हो नि ’

उनले ०५१ मा मासिक एक सय रूपैयाँ दिने गरी वृद्धभत्ता सुरू गरिएको बताए। उनले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताएका थिए। ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो,’ उनले भने।

जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभए पनि केही काम भने भएको अध्यक्ष नेपाल बताउँछन्। उनले लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि आग्रह गरेका थिए। ‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु।’

लाप्राक पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए। उनले नेता र सरकारलाई खबरदारी गर्न जनताहरूलाई आग्रह गरेका थिए। ‘मानिस जाँडको मातले मातिएजस्तै पदको मातले पनि मातिँदो रहेछ,’ उनले भने, ‘सरकार र नेतालाई खबरदारी गरिराख्नुस्।’

उनले लाप्राकीमा नेतालाई खबरदारी गर्ने आँट रहेको पनि बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top