एजेन्सी, साउन ३१
रियल मड्रिडका डिफेन्डर तथा कप्तान सर्जिओ रामोसले रोनाल्डो बिनै मैदानमा उत्रए पनि रियलको जितलाई कुनै अप्ठ्यारो नपर्ने बताएका छन् । यसै सिजन रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोको अभाव रियलको जितमा नखड्कने कप्तान रामोसले बताएका हुन् ।
रियलमा नौं बर्ष बिताएका रोनाल्डो १ सय १२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका छन् । अहिले सम्म रियलले रोनाल्डोको स्थानमा कुनै खोलाडी अनुबन्ध गर्न सकेको छैन् । नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले टिमका लागि महत्वपुर्ण भुमिका ग्यारेथ बेलले निभाउने आशा गरेका छन् ।
रोनाल्डोले युभेन्ट्समा आफ्नो पहिलो खेलमा एक गोल गर्दै सुखद शुरुवात गरेका छन् । रियलले बुधबार युइएफए सुपर कपमा एटलेटिको मयाड्रिडको सामना गर्दा बेल र बेन्जेमाले आक्रमणमा राम्रो प्रदर्शन गरे । रियलले २ गोल गरेपनि डिफेन्समा कमजोरी हुँदा खेलमा रियल पराजित भएको थियो । रोनाल्डोको अनुपस्थितिमा रामोस आफैंले पेनाल्टीमा गोल गरेका थिए ।