बाबुराम र बादलको उक्साहटमा रुक्मांगद कटुवाललाई कारबाही गरेकोमा प्रचण्डलाई पछुतो

बाबुराम र बादलको उक्साहटमा रुक्मांगद कटुवाललाई कारबाही गरेकोमा प्रचण्डलाई पछुतो

५ चैत्र, सिन्धुली।
तत्कालीन सहयोद्धा डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलको उक्साहटमा लागेर २०६५ सालमा तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवाललाई कारबाही गर्दा सत्ताबाट बाहिरिनु परेको घटनाप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पश्चाताप गरेका छन् ।

प्रचण्डले रुक्मांगद कटुवाललाई कारबाही गर्दा पार्टीले मात्र होइन, देश र जनताले नै दुःख पाएको बताएका छन्। त्यसैगरी अहिले पनि एमसीसी प्रकरणमा १२ बुँदै व्याख्यात्मक घोषणा नमानेर ‘क्रान्तिकारी टोपिलिएको भए’ सर्वनाश हुने उनले बताए।

आज शनिबार सिन्धुलीमा जिल्ला पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भनेः ‘मैले रुक्मांगद कटुवाललाई कारबाही गर्ने भनेर दायाँपट्टि बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने, बायाँतिर बस्ने बादलले पनि गरिहाल्ने भनेपछि म पनि के कम, गरिहाल्छु भन्दा कति दुःख पाइयो तपाईं हामी सबैले ।

देशले दुःख पायो, तपाईंहरूले सोच्नुभा छ ? देशले पनि दुःख पायो, पार्टीले पनि दुःख पायो सबैले दुःख पाइयो। अहिले पनि म क्रान्तिकारी टोपलिने भनेर म गर्दिनँ १२ बुँदे (व्याख्यात्मक घोषणासहित एमसीसी पारित) भए पनि गर्दिनँ भनेर भनेको भए केन्द्रको सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेश सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने, अनि के हामी तुरुन्तै भूमिगत भएर हतियार उठाउने स्थिति हो त ?

आजको नेपालको सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो बुद्धिमानी हो। त्यो पो क्रान्तिकारी हो। ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.