रुसको आक्रमणबाट मारिओपोलमा ८० प्रतिशत भवनमा क्षति, चार लाख मानिस फसे

५ चैत्र, बीबीसी ।
रुसी सेनाको आक्रमणबाट युक्रेनको मारिओपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् ।

Advertisement

रुसी फौज मारिओपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ । मारिओपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मारिओपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले बमबारी जारी राखेकोले सर्वसाधरणलाई सुरक्षित ठाउँमा पठाउन नसकिएको उनले बताए । चार लाख भन्दा धेरै मानिस झण्डै दुई हप्तादेखि मारिओपोलमा फसेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भलोमिदिर जेलन्स्कीले तत्काल अर्थपूर्ण वार्ता गर्न रुससँग आग्रह गरेका छन् ।

Advertisement

जेलन्स्कीले भिडियो सम्बोधनमा रुसले गरिरहेको गल्तीबाट कम क्षति गराउने उपाय सकेसम्म चाँडो अर्थपूर्ण शान्ति वार्ता गर्न रहेको बताएको बीबीसीले जनाएको छ । युक्रेनी भूमिको अखण्डता र युक्रेनमा न्याय पुनस्र्थापनाका लागि यो भेटेर कुराकानी गर्ने समय रहेको जेलन्स्कीको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top