देशभर थप १७ जनालाई कोरोना, ४०९ जना संक्रमणमुक्त

४ चैत ७८, शनिबार

५ चैत्र, विराटनगर ।
देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन्। ४०९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म पिसिआरबाट ९ लाख ७८ हजार १ सय २७ र एन्टिजेनबाट १ लाख ४० हजार ७० मा कोरोना पोजेटिभ देखिएको छ भने ९ लाख ६२ हजार ५ सय ८२ हजार संक्रमणमुक्त भएका छन्।

Advertisement

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top