भारतीय क्रिकेट टिमका पूर्व कप्तान वाडेकरको निधन

भारतीय क्रिकेट टिमका पूर्व कप्तान वाडेकरको निधन

एजेन्सी, साउन ३१
भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजीत वाडेकरको निधन भएको छ । ७७ बर्षीय वाडेकरको मुम्बईमा रहेको जसलोक अस्पतालमा निधन भएको हो । उनी भारतका टेस्ट क्रिकेटर, पूर्व कप्तान तथा पूर्व प्रशिक्षक समेत हुन् । लामो समयदेखि विरामी रहेका उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ब्यक्त गरेका छन् ।

वाडेकरले १९६६ मा वेस्टइन्डिज विरुछ पहिलो अन्र्तराष्ट्रिय क्रिकेट खेलेका थिए । भारतका लागि ३७ टेस्ट खेलेका वाडेकरले २ हजार बढी रन पनि बनाएका छन् । भारतीय टिमले १९७१ मा इङ्ल्याण्डलाई पहिलो पटक हराउँदा वाडेकरनै कप्तान थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.