संवैधानिक नियुक्तिको खारेजी लगभग पक्काः गोकुल बाँस्कोटा

संवैधानिक नियुक्तिको खारेजी लगभग पक्काः गोकुल बाँस्कोटा

६ चैत्र, विराटनगर ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् ।

एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल भएजस्तो देखिएको’ टिप्पणी गरेका हुन् ।

‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का’, बाँस्कोटाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगमा चार दर्जन भन्दा धेरैलाई नियुक्ति दिलाएका थिए । उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.