काठमाडौं, साउन ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकका लागि कडा कानुन नबनाईएको दावी गरेका छन् । बिहीबार नेपाल कम्युनिस्ट पार्टीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षअघि नै बनेको कानूनमा अहिले डाक्टर र विभिन्न पक्षबाट भ्रम फिजाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भदौ १ देखि लागू हुने कानूनका विषयमा भ्रम फैलाइएको आरोप लगाए । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका हुन् ।