हङ्कङले नेपालसहित ९ देशबाट हुने उडानमा लगाएको प्रतिवन्ध हटायो

७ चैत्र, एजेन्सी ।
हङ्कङले नेपालसहितका देशबाट हुने उडानमा लगाएको प्रतिवन्ध हटाएको छ।

Advertisement

कोभिड–१९ महामारी नियन्त्रणका लागि हङ्कङले नेपालसहित ९ देशबाट हुने उडानमा प्रतिवन्ध लगाएको थियो। कोभिड–१९ को संक्रमणदर ओरालो लाग्दै जाँदा हङ्कङकी नेतृ क्यारी लाम चङ युटले नयाँ नियम घोषणा गर्दै उडान प्रतिवन्ध हटाएकी हुन्।

साथै नयाँ प्रतिवन्धमा हङकङ प्रवेशपछि लगाइएको क्वारेन्टाइन अवधीलाईसमेत घटाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। त्यस्तै, सीमा नियन्त्रणसम्बन्धी नियमलाई पनि अप्रिल १ गते देखि लागू हुने गरी संशोधन गरिएको छ। आम परीक्षण गर्ने सम्बन्धी योजनालाई पनि थाँती राखिएको छ।

Advertisement

हाल १४ दिनको क्वारेन्टाइन अवधिलाई घटाएर सात दिनको बनाइएको छ। त्यसका लागि उनीहरुको कोभिड–१९ परीक्षण नेगेटिभ हुनुपर्ने छ।
त्यस्तै, अप्रिल १९ बाट त्यहाँका विद्यालयहरु पनि खुला हुनेछन्।

नेतृ लामले आगामी महिनाभित्र ९० प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने जनाकारी गराएकी छिन्। हाल हङकङमा तीन वर्षदेखि ११ वर्ष सम्मका ५७ प्रतिशत नागरिकमा पहिलो डोज दिइएको र त्यस्तै ७० वर्षसम्मको उमेर समूहमा ७० प्रतिशतमा खोप लगाइएको छ।

Advertisement

अप्रिल १ गते देखि उडान खुला गरेसँगै क्वारेन्टाइनका लागि व्यवस्था गर्नका लागि थप होटलहरुको पहिचान गरिएको छ। हङकङले नेपालसहित अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिकाबाट हुने उडानमा प्रतिवन्ध लगाएको थियो।

उडान सुरु भएसँगै अब हङकङ यात्रा गर्ने यी देशका नागरिकहरुले केही नियमहरुको भने पालना गर्नुपर्ने छ। जसमध्ये यात्रुहरु पूर्णमात्रा खोप लगाएको र पछिल्लो ४८ घण्टाको नेगेटिभ कोभिड रिपोर्ट देखाउनुपर्ने छ। साथै उनीहरुले क्वारेन्टाइनका लागि होटल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ।

यसरी हङकङ प्रवेश गरेपछि हुने कोभिड–१९ परीक्षण रिपोर्टमा नेगेटिभ आए १४ दिनको क्वारेन्टाइन अवधि घटाएर सात दिन बस्नुपर्ने छ। क्वारेन्टाइन बसेको पाँचौँ दिनमा पीसीआर परीक्षण र छैठौँ र सातौँ दिनमा आरडीटी परीक्षण हुनेछ।

यदि यात्रुहरु होटलमा थप क्वारेन्टाइन बस्न चाहे १२ औं दिनमा पुनः पीसीआर परीक्षण गरिनेछ। कोभिड–१९ को ओमोक्रन भेरियन्ट विश्वभर फैलिँदै गर्दा हङकङले जनवरी ८ देखि ८ देशबाट हुने उडानमा प्रतिवन्ध लागू गरेको थियो। पछि फेब्रुअरी १२ मा यो सूचीमा नेपाल थपिएको थियो।

यो प्रतिवन्धनमा कुनै पनि यात्रु यी देशमा पछिल्लो १४ दिन भित्र प्रवेश गरेको भए हङकङ यात्रा गर्न रोक लगाइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top