प्रहरीको हत्यामा संलग्नलाई कारवाही हुन्छः प्रधानमन्त्री देउवा

६ चैत ७८, सोमबार

७ चैत्र, विराटनगर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनामा संलग्नलाई कारवाही हुने बताएका छन्।

Advertisement

मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि सोमबार यहाँ आएका देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुने बताएका हुन् । आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए।

मोरङको लेटाङ नगरपालिका(५ की बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ।

Advertisement

सम्बोधनका क्रममा देउवाले स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएकोले समयमा नै हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयोग गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top