निर्वाचन आयोग र सत्ता गठबन्धन चुनाव सार्ने षडयन्त्रमा लागेका छन्ः ओली

६ चैत ७८, सोमबार

७ चैत्र, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

Advertisement

सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे ।

‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’

Advertisement

उनले अघि भने, ‘षडयन्त्रको विल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन ।’ ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्न दुई दिन छुट्याएकोमा पनि निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले दुनियाँमा नभएको व्यवस्था ल्याएर निर्वाचन आयोगले एमालेविरुद्ध लागेको आरोप लगाएका छन्।

‘मनोनयन दुई दिन आयोगले किन राख्यो? अरु कतै यसरी दुई दिन तोकिँदैन। दलहरुसँग परामर्श गर्न पर्थ्यो तर गरेन। गठबन्धनमा झमेला हुन्छ। झमेला मिलाउनुपर्छ भनैर राखिएको हो?’ ‌ओलीले प्रश्न गरे।

Advertisement

यस्तै, ओलीले स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न बहालवाला जनप्रतिनिधिहरुले राजीनामा गर्नुपर्ने व्यवस्थाको विरोध गरे। उनले कार्यकारी पद रिक्त गरे जनताको सेवा गर्न नसकिने समेत बताए। उनले स्थानीय तहमा एमालेका धेरै जनप्रतिनिधि भएकाले आयोगको निर्णय आफ्नो पार्टी विरुद्ध केन्द्रीत भएको आरोप लगाएका छन्।

‘कार्यकारिणी रिक्त राखेर जनताको सेवा गर्न सकिदैन। केन्द्रको र प्रदेशको कायमै हुने तर स्थानीय तहको सरकार मात्रै नरहेन? प्रदेश र केन्द्रमा गठबन्धनको सरकार छ गाडी प्रयोग गर्न मिल्ने तर स्थानीय तहको सरकारमा आफ्नो वर्चश्व नभएकोले राजीनामा गर्नुपर्ने’ ओलीले भने।

ओलीले निर्वाचन आयोगले एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीलाई दर्ता गराउन हत्तारो गरेको समेत बताएका छन्। उनले आयोग भित्र भित्रै सत्तारुढ गठबन्धनसँग परामर्श गरिरहेको समेत आरोप लगाएका छन्।

‘गठबन्धनसँग निर्वाचन आयोगले भित्र भित्रै परामर्श गरेको देखियो। चुनाव चिह्न किन बदल्नु पर्‍यो ? परामर्श गर्नु पर्दैन निर्वाचन आयोगले ?,’ आयोगमाथि प्रश्न गर्दै उनले भने, ‘गठबन्धनसँग मात्रै परामर्श गरेको छ।’

यस्तै उनले मतपत्रको रंग हरियो बनाउने विषयको पनि विरोध गरे। ‘रङ बदलेर हरियो किन राख्नु पर्‍यो? सकेदेखि अरु पनि हरियो बनाउँदा हुने। सूर्य कसरी हरियो हुन्छ? कि त ब्ल्याक एण्ड ह्वाइट बनाउनु पर्‍यो।’

ओलीले अहिले निर्वाचन आयोगको लक्षण राम्रो नभएको जिकिर गरेका छन्। उनले निर्वाचन आयोगको लक्षणबाट भरतपुर र सिराहा काण्ड दोहोरिने सक्ने बताए।

चैत ९ र १० गते बस्ने एमाले कन्द्रीय कमिटीको बैठकको एजेण्डा बनाउन पोलिटब्युरो बैठक बसिरहेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top