लेटाङ प्रकरणः अवस्था सामान्य बन्दै, कर्फ्यु अझै जारी, पक्राउ परेकाहरुमाथि अनुसन्धान हुँदै

८ चैत, मोरङ । मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताए ।

Advertisement

उनकाअनुसार घटनाको अनुसन्धानका गर्नका लागि २० जनालाई पक्राउ गरिएको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो।

अस्ति आइतवार लेटाङ–५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा अस्ति स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

Advertisement

झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए ।

यसअघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए।

स्थानीय बासिन्दाले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरे पनि प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top