×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पानीका लागि संघर्ष गर्नुपर्ने हुन् सक्छः उर्जामन्त्री

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।

सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताएकी छिन् । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ ।

मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताइन । विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जल संरक्षण र सम्वद्र्धनमा पर्याप्त सचेत रहेको पनि बताइन ।

भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै उनले त्यसका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पु¥याउनु पर्ने बताइन । मन्त्री भुसालले भनिन् , ‘राष्ट्रिय जलस्रोत नीति–२०७७ जारी भईसकेको छ ।

यस नीतिलाई कानुनमा रुपान्तरण गरी जलस्रोत ऐनको मस्यौदा समेत तयार भईसकेको अवस्था छ । अव हामी अन्तिम अवस्थामा छौं । छलफल गर्दैछांै । यसलाई अन्तिम रुप दिएपछि क्याबिनेट हुँदै संसदमा दर्ता गर्नेछौं । यसको साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजना समेत सम्पन्न हुने क्रममा छ ।

जुन हाम्रो १५ औं आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा राखिएको छ । जल संरक्षण र सम्वद्र्धनमा हामी पर्याप्त सचेत पनि छौं । आजको आवश्यक्ता सो अनुकूलको कार्यान्वयन र आम मानिसको यसप्रति सचेतना नै हो ।’

मन्त्री भुसालले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताइन ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top