×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बागमती प्रदेशले छुट्टै जासुसी संयन्त्र बनाउने

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ ।

मंगलवार बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

मंगलबार बसेको प्रदेशसभाको बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए । कानून मन्त्री खनालको प्रश्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो ।

त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले संसदमा भने, ’ प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु ।’

सञ्चारमाध्यम व्यवस्थापन संशोधन ऐनपनि अघि बढ्यो

त्यस्तै, वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गरे ।

उनले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गरे । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सरकार मातहत सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बन्ने

यसैबीच हाम्रा संवाददातासँग गरेको कुराकानीमा वागमती सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वागमती सरकारले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउन लागेको बताएका छन् ।

उनले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताए । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरेपनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो गरे । आन्तरिक मामिला मन्त्री शर्माले भने , ‘यो दर्ता भएको एक हप्ताजति भयो । आज त्यसलाई दफाबार छलफलका लागि पठाएका छौँ ।

तीन तहको सरकारको परिभाषा संविधानले गरेको छ । त्यसमध्येको यो प्रदेश सरकार हो । यसको आफ्नै सुरक्षा, संयन्त्रहरु त्यसलाई व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन । हामीले प्रदेश प्रहरी ऐन पास गरेका छौँ । तर त्यो अहिलेसम्म पनि प्रदेशमा प्रहरी समायोजन हुन सकिरहेको छैन ।

यो हामीले बनाउन पाउने अधिकारको कुरा हो । यसलाई आफ्नै अनुसन्धान ब्यूरो, यसको स्थापना,काम, कर्तव्य र अधिकारलाई परिभाषित गरेर आफ्नै नियनत्रणमा रहनेगरी, आफ्नै सुरक्षा संयन्त्र रहने गरी आफ्नै ब्यूरो हुने गरी यसको व्यवस्थापन हामीले गरेका छौँ । यो अधिकारमा पाएको कुरा माथि सोधिरहनु पर्ने, माथिको मुख ताक्नुपर्ने त्यस्तो अवस्था होइन । विगतमा कतिपय ऐन कानून मुख ताक्ने हिसावले भएर प्रदेश सरकार इकाइको रुपमा हो कि भन्ने आम बुझाइ पनि भयो ।

कतिपय अवस्थामा संघबाट नै एक समय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसलाई इकाइसरहको ढंगको व्याख्या गरिदिनु भयो । यसले एउटा कौतुहलता पनि जाग्यो । त्यसैले यो छुट्टै सरकार हो, यसका छुट्टै संयन्त्रहरु हुन्छन् । यसका सुरक्षा संयन्त्रहरु हुन्छन् । यसका गोप्य सूचना दिने संयन्त्रहरु हुन्छन् ।

यस हिसावले यो बनाएको हो । यो अब दफाबार छलफलमा गएको छ । संशोधनहरु पनि परेका छन् । यसमा छलफल गरेपछि हामीले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउँदै छौँ र यसलाई धेरै छलफल गरेर व्यवस्थित गरेर हामी काम गर्छौं ।’

मन्त्री खनालले संघीय सरकारको मुख ताक्दा धेरै कामहरु प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताए ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top