×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जगत टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडीको दशकको प्रदर्शनका आधारमा उत्कृष्ट छनोट गरेको हो ।

Advertisement
Advertisement

टमाटाको मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहँदै नेपाल ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।

उनकै नेतृत्वमा त्यसै वर्ष नेपालले नामिबियामा डिभिजन–२ मा फाइनल सम्म पुगेको थियो । सन् २०१९ मा नेपालले युएईसँगको तीन ओडिआई र तीन टि २० आई सिरिज समान २–१ ले ऐतिहासिक रुपमा जित्दा उनी मुख्य प्रशिक्षक थिए । नेपालले उनकै मुख्य प्रशिक्षकमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेको थियो ।

२०१८ मा नै मलेसियामा भएको आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट बी को उपाधि जित्दा टमाटा टोलीको मुख्य प्रशिक्षक थिए । २०१६ मा नेपाली यू–१९ टोलीले विश्वकप खेल्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यो नै यू–१९ टोलीले खेलेको अन्तिम विश्वकप हो । उक्त विश्वकपमा नेपालले टेस्ट टोली न्युजिल्यान्डलाई हराएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला क्रिकेट टोलीले कास्य पदक जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए । २०१६ देखि २०१९ सम्म टमाटाले नेपाली सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनी यू–१९ टोलीको मुख्य प्रशिक्षक थिए ।

Advertisement

पछिल्लो समय टमाटा नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक हुन् । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा हुँदा कठिन समयमा टमाटाले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा सम्हालेका थिए । टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख प्रशिक्षक समेत हुन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top