रुसले बमबारी गरिरहेको मारिउपोलमा करिब १ लाख मानिस अमानविय अवस्थामा फसेका छन्ः जेलेन्स्की

९ चैत्र, एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको दिक्षणी बन्दरगाह सहर मारिउपोलमा रुसले बमबारी गरिरहेको समयमा अहिले पनि करिब १ लाख आम नागरिक फसेको बताएका छन्।

Advertisement

आफ्नो फेसबुक पेजमा उनले भने, ‘अहिले पनि सहर निकै अमानवीय अवस्थामा करिब १ लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले पूर्णरुपमा घेराबन्दी गरेको छ, त्यहाँ न खाना छ न पानी न त औषधि नै छ। त्यहाँ निरन्तर बमबारी भइरहेको छ।’

उनले मानवीय कोरिडोरको माध्यमबाट मानिसहरुलाई बाहिर निकाल्ने प्रयास पनि निरन्तर बमबारी भइरहेको कारण सम्भव हुन नसकेको बताए। उनले मंगलबार मानवीय राहत कार्यका लागि मारिउपोल पुगेका केही मानिसलाई रुसले पक्राउ गरेको बताएका छन्।

Advertisement

पक्राउ पर्नेमा युक्रेनी सरकारका कर्मचारी र उनीहरुका बस चालक छन्। उनीहरुलाई रुसले जेल हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। जेलेन्स्कीले यी सबै समस्याका बीच मंगलबार मारिउपोलबाट ७ हजारभन्दा धेरै मानिसको उद्धार गरिएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top