रुसी सेना कमजोर हुँदै गएकाले पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्छन्ः जो बाइडेन

९ चैत्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ प्रतिक्रिया दिएका छन् ।

युक्रेनमा आक्रमण सुरु गरेको २७ दिनसम्म पनि रुसले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको भन्दै बाइडेनले रुसी कारबाही अझै तीव्र हुन सक्ने आकलन गरेका छन् ।

राष्ट्रपति बाइडेनले रुसी सेनाको मनोविज्ञान कमजोर हुँदै गएकाले पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । त्यसको तयारीका लागि युक्रेनमा जैविक तथा रासायनिक हतियार रहेको भन्दै रुसी अधिकारीले झूटा खबर फैलाएको उनको दाबी छ ।

अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डारण गरेको रुसी दाबी झूटो भएको बाइडेनको भनाइ छ । ‘यस्ता दाबीले बरु रुस त्यस्ता हतियार प्रयोगको तयारीमा रहेको संकेत गर्छ,’ बाइडेनले भने ।

पुटिनले अमेरिकाविरुद्ध साइबर आक्रमणको तयारी गरिरहेको पनि बाइडेनको दाबी छ । रुसी आक्रमण रोक्न अमेरिकाले सबै प्रकारका प्रयास गर्ने उनले बताए । युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटो (उत्तर एट्लान्टिक सन्धि संगठन) को सदस्य बन्ने तयारी गरेपछि रुसले आक्रमण सुरु गरेको हो ।

बाइडेनले यसअघि पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएपछि रुसले अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा विच्छेद भएको प्रतिक्रिया जनाएको थियो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top