×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

दशरथ रंगशालामा हुन लागेको सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म

९ चैत्र २०७८

९ चैत्र, काठमाडौं ।
बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दियो ।
कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् ।

Advertisement
Advertisement

यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ ।

त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ । यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यसै सन्दर्भमा आज पर्यटन मन्त्री प्रेम आलेसँग बुधबार खानले भिडिओ संवाद गरेका छन् । खानले कुराकानीका क्रममा नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको स्मरण गरेका छन्। बुलन्द नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको उनले बताए। ‘नेपालमा फिल्म सुटिङ भयो ।

तर त्यो फिल्म पछि प्रदर्शननै भएन, खानले भने, त्यतिबेला नेपालमा खुदा गवारको सुटिङ चलरहिको थियो। त्यसपछि कहिल्यै नेपाल आउने समय मिलेन। बारम्बार रद्द भइरहेको थियो।

सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। खानले दशरथ रंगशालामा ‘दबगं लाइभ इन नेपाल’ शो गर्नेछन्। सलमानले नेपाल आउने समय जुर्दा खुसी लागेको बताए। सलमान खानले मन्त्री आलेलाई मराठीमा ‘प्रेम’ नाम भएको भन्दै जिस्काउन पनि भ्याए। सलमान खानका धेरै फिल्ममा प्रेम नाम छ। ‘मेरो त नाम नै प्रेम छ’, मन्त्रीले आलेले हाँस्दै जवाफ फर्काए।

मन्त्री आलेले आफ्नो बुवा भारतीय रेल्वेमा जागिरे भएको बेला मुम्बई यात्रा गरेको सलमानलाई सुनाए। सलमान अच्छा अच्छा भन्दै हाँसिरहे। उनले सलमानको फिल्म हेरेको अनुभव साट्न भ्याए। मन्त्री आलेले बुद्धको जन्मभूमी र सगरमाथाको देशमा सलमानलाई स्वागत गर्न तयार रहेको बताए।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन्। जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईँलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आग्रह गर्दछु ।

Advertisement

यदि तपाईको समय मिल्यो भने म तपाईँलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईँले समय मिलाउनु पर्‍यो,’ मन्त्री आलेले भने। सलमानले कोभिड १९ महामारीका कारण नैराश्यता बढेको उल्लेख गर्दै नेपालमा आएर आफूले मनोरञ्जन दिने बताए।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top