नेपालले टस जित्यो, देवको डेब्यू

नेपालले टस जित्यो, देवको डेब्यू

११ चैत्र, विराटनगर ।
नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा टस तिजेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यी दुई टोली बीच दुई खेलको शृंखला हुनेछ । सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु भूमिमा द्विपक्षीय शृंखला खेलिरहेको छ । नेपालले पीएनजीसँगको पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ ।

नेपालबाट देव खनालले ‘डेब्यु’ गरिरहेका छन् । नेपालबाट यू १९ एसिया कपमा कप्तानी गरिसकेका देवले कुशल भुर्तेलसँग ओपनिङमा ब्याटिङ गर्ने सम्भावना बढी रहेको छ । सन्दीप लामिछानेले घरेलु शृंखलामा पहिलो पटक कप्तानी गरिरहेका छन् ।

नेपालले पीएनजीसँग विक्रम सोब, सुशन भारी, गुलशन झा र सागर ढकाललाई खेलाएको छैन । पीएनजी र नेपाल दुवै यूएईमा क्रिकेट विश्वकप लिग २ को खेलहरु खेलेर काठमाडौं आएको हो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको दोस्रो खेलमा ७ विकेटले पराजित गरेको थियो ।

पीएनजी २४ वर्षमा पहिलो पटक नेपाल आएर खेलिरहेको छ । सन् १९९८ मा एसीसी ट्रफीमा पीएनजी काठमाडौं आएर खेलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.