×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै

११ चैत्र २०७८

११ चैत्र, विराटनगर ।
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्।

उनी तीनदिनको औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन्। उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन्। पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो।

Advertisement
Advertisement

वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो। वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।

Advertisement

चिनियाँमन्त्री वाङ दिउँसो साढे तीन बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन्।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top