×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन पूरा गर्ने खेलाडी बने स्टिभ स्मिथ

१० चैत्र २०७८

१० चैत, एजेन्सी । अस्ट्रेलियाका पूर्वकप्तान तथा क्रिकेटर स्टिभ स्मिथले पाकिस्तानसँगको शृङ्खला अन्तर्गत लाहोरमा भइरहेको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो पारीमा इतिहास रचेका छन् ।

स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटो आठ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले श्रीलङ्काका खेलाडी कुमार सङ्गाकाराको १२ वर्ष पुरानो कीर्तिमान पनि तोडेका छन् ।

Advertisement
Advertisement

३२ वर्षीय स्मिथले लाहोर टेस्टको दोस्रो पारीमा हसन अलीको बलमा चौका प्रहार गरेर यो कीर्तिमान बनाएका हुन् ।

स्मिथले करियरको ८५ औँ टेस्टको एक सय ५१ ‍औँ इनिङ्स खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । कुमार सङ्गाकाराले ९१ औँ टेस्टको एक सय ५२ औँ इनिङ्समा आठ हजार रन पूरा गरेका थिए ।

यो सूचीको तेस्रो स्थानमा भारतीय खेलाडी सचिन तेन्दुलकर छन् । उनले एक सय ५४ औँ इनिङ्समा आठ हजार रन पूरा गरेका थिए ।

यस्तै यसका लागि वेस्ट इन्डिजका गैरी सोबर्सले एक सय ५७ र भारतका राहुल द्रविडले एक सय ५८ औँ इनिङ्स खेल्नुपरेको थियो ।

स्टिभ स्मिथले टेस्ट करियरमा ८५ औँ टेस्टको एक सय ५१ इनिङ्समा ५९ दशमलव ७८ औसतमा आठ हजार १० रन बनाएका छन् ।

Advertisement

यसमा २७ शतक र ३६ अर्धशतक छ । यस्तै उनले तीन पटक दोहोरो शतक पनि बनाएका छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top