जापानद्वारा थप २५ रुसी नागरिकको सम्पत्ति जफत, ८१ संस्थालाई निर्यातमा प्रतिबन्ध

१० चैत ७८, शुक्रबार

११ चैत्र, एजेन्सी ।
जापानले थप २५ रुसी नागरिकको सम्पत्ति जफत गर्ने भएको छ।

साथै ८१ रुसी नागरिक वा संस्थालाई निर्यातमा प्रतिबन्ध लगाउने भएको छ। शुक्रबार जापानका विदेशमन्त्रीले रुसले युक्रेनमाथि गरेको आक्रमणमा विरोधमा उक्त निर्णय गरिएको बताएका हुन्। यसअघि बिहीबार जापानका प्रधानमन्त्री फुमिओ किशिडाले रुसलाई मस्ट फेभर्ड नेसनको सूचीबाट हटाउने निर्णय गरेका थिए।

साथै उनले प्रतिबन्धित संस्थामाथि क्रिप्टोकरेन्सीको कारोबारमा पनि रोक लगाएका थिए। पछिल्लो केही सातामा जापानले रुसमाथि निकै कडा किसिमको प्रतिबन्ध घोषणा गरिसकेको छ।

Advertisement

जापानले रुसमाथि स्विफ्ट बैंकिङ प्रणालीमा रोक लगाउने र रुसलाई तेल शुद्धीकरण उपकरण निर्यातमा प्रतिबन्ध लगाउनेजस्ता निर्णय गरिसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top