बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशको आग्रह

११ चैत ७८, शुक्रबार
Share this
750shares

११ चैत्र, एजेन्सी ।
अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् ।

Advertisement

तालिबानले सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट रोक्न आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

Advertisement

तालिबानको शक्ति केन्द्र मानिएको कान्दाहारमा बालिकाको लागि पढाइ र अन्य क्रियाकलापमा निकै मुस्किल पर्दै गइरहेको छ । बालिका स्कुल नखोलेमा तालिबान सरकारले सहयोग नपाउने पनि अमेरिका र युरोपेली देशले चेतावनी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top