×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पश्चिमा नेताहरू युक्रेनलाई थप अस्त्र दिन सहमत

११ चैत्र २०७८

११ चैत्र, बीबीसी ।
पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू अनि सम्पन्न देशहरूको समूह जी सेभेनको अभूतपूर्व शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन्।

पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन्।

Advertisement
Advertisement

पुटिनविरुद्ध एकता

युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनको एक अभूतपूर्व दिनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए। ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए।

युक्रेनलाई थप अस्त्र दिइने
उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए।

साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए। ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने बताएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए।

उनले ट्याङ्कहरू एवं लडाकू विमान माग गरे। तर बीबीसीकी उत्तर अमेरिका सम्पादक स्यारा स्मिथ भन्छिन् नेटो नेताहरूले चाहिँ युक्रेनमा नेटो फौज परिचालन गरिए त्यसले सङ्कट झन् चर्कने र विश्वयुद्धको खतरा बढ्ने आफ्ना भनाइ दोहोर्‍याए।

पुटिन क्रुर भएको बाइडनको भनाइ

राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रुरको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताए।

Advertisement

रुसविरुद्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन्।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top