×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

एमाले अध्यक्ष ओली आज रुपन्देही र कपिलवस्तु जाँदै

१४ चैत्र २०७८

१४ चैत, बुटवल । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार रुपन्देही जाँदै छन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement

भैरहवाको कार्यक्रम सकेर ओली दिउँसो कपिलवस्तुको तौलिहवा जानेछन् ।

तौलिहवामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने कार्यक्रम छ ।

यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गर्ने अध्यक्ष गिरीले बताए ।

अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मंगलबार दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले बताए ।

Advertisement
Advertisement

लुम्बिनीमा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्य एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top