×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बालबिबाहमुक्त वडा : घरैपिच्छे किशोरी आमा, छोरा जन्मेकोले एसइई छुट्यो

१ भाद्र २०७५

मुगु : खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड साविकको (खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालत मुगुका प्रमुख जवाहरप्रसाद सिंहले बताए । कानुनी रूपले कोही कसैले २० वर्ष पूरा नभई विवाह गरेमा विवाह दर्ता नहुने, श्रीमानको नाममा महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नमिल्ने ऐनमा उल्लेख भएको उनको भनाइ छ । तर, कानुनविपरीत यहाँ विवाह गर्नेको संख्या बढिरहेको छ ।

Advertisement
Advertisement

स्यान खत्याड ५ लमेरा गाउँकी १७ वर्षीया कल्पनाको काखमा नौ महिनाको छोरा छ । बिहे गरेको वर्ष दिनमै छोरा जन्मेको उनले बताइन् । ‘अघिल्लो सालको एसइईमा २ विषयमा फेल भएँ, यो वर्ष सानो छोरो हँुदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘दुःख त लाग्छ, पढाइ छुट्यो, केही थाहा नभएर बिहे गरियो । बच्चा जन्मियो । विद्यालय जाने मन अझै छ ।’

Advertisement
Advertisement

कल्पनाजस्तै कोटिल्ला–५ की २१ वर्षीया इन्दिरा बुढाले ६ वर्षअघि भागेर विवाह गरेकी थिइन् । अहिले उनका ३ वर्षीकी छोरी र ९ महिनाको छोरो छ । यतिवेला घरको काम र छोराछोरीको स्याहारमा जुटेकी छिन् । ‘१३ वर्षको कलिलो उमेरमा भागेर बिहे गरियो, आमाबुबाको काखमा रमाउने वेला अर्काको घरको झमेलामा डुबियो,’ उनले भनिन् । कल्पना र इन्दिरा मात्रै होइनन्, मुगुका गाउँमा यस्ता पीडा भएका किशोरीआमा प्रशस्तै भेटिन्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top