काठमाडौं : आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ ।यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।
नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो ।प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ ।
भारतबाट द्विदेशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ ।प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ ।अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो ।