१६ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
पुणेमा गएराति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ६१ रनले हरायो ।
राजस्थानले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन बनाएको थियो ।
राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय पारी खेले । हैदरावादका टी नटराजन र उम्रान मलिकले २-२ विकेट लिए ।