अनेरास्ववियु मोरङकोे अध्यक्षमा तुलसी घिमिरे

१६ चैत ७८, बिहीबार

१६ चैत, विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङकोे अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् ।

Advertisement

गएको पौष १६ र १७ गते विराटनगरमा सम्पन्न भएको २३ औं जिल्ला सम्मेलनले निर्वाचित गरेका ४५ सदस्यीय कमिटीबाट बुधबार बसेको अनेरास्ववियू मोरङ जिल्लाको प्रथम पूणर् बैठकले घिमिरेको अध्यक्षतामा नयाँ पदाधिकारीसहितको ४५ सदस्यीय कमिटि गठन गरेको हो ।

नवगठित कमिटिको उपाध्यक्षमा रुपेश खड्का र हेमन सुब्बा तथा सचिवमा विरेन्द्र घिमिरे चयन भएका छन् । यस्तै सहसचिवमा अनिशा गिरि, संगम कान्दवा, नविन पहाडी र सागर थापा चयन भएका छन् ।

Advertisement

बैठकले कमिटिको कोषाध्यक्षमा सरु गुरागाईंलाई चयन गरेको छ । बैठकमा उपस्थित प्रमुख अतिथि तथा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, अनेरास्ववियु केन्द्रीय उपमहासचिव भाष्कर खनाल तथा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य गोकणर् घिमिरेले नवगठित समितिलाई शुभकानमा सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top