यस्तो अनौठो जीव : १५० डिग्री तापक्रममा सजिलै बाँच्छ , नखाइ ३० वर्षसम्म जिउँदै रहन सक्छ

एजेन्सी,भदौ १
समुन्द्रमा कस्ता र कति जीवहरु बस्छन् भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् ।अहिले सम्म जानकारी मिलेको मध्य समुन्द्रमा बस्ने सबै भन्दा ठुलो जीव ब्लु ह्वेल हो । जुन पृथ्वीमा रहने सबैभन्दा ठुलो जीव हात्ती भन्दा पनि कयौँ गुणा ठुलो छ ।

Advertisement

यदि समुद्रका खतरनाक जीवको कुरा गर्ने हो भने सबैभन्दा खतरनाक जीव भनेको सार्क माछा हो । सार्क शिकारी माछा हो र यो आफ्नो शिकारलाई कयौँ माइल परबाट पनि चिन्न सक्छ ।कयौँ पटक त सार्कले आफ्नो कयौँ गुणा ठुलो व्हेललाई पनि शिकार बनाउँछ । यदि कुनै जीवले एक पटक खान्छ भने उसले दुई दिनसम्म काम चलाउन सक्छ ।

त्यस्तै समुन्द्रमा एउटा अद्भुत जीव छ जसको विशेषता थाहा पाएर तपाईँ पनि चकित पर्नुहुन्छ । यस जीवको बारेमा आश्चर्यचकित बनाउने खुलासा बैज्ञानिकहरुले गरेका छन् । यस जीवको नाम वैज्ञानिकले अनश्वर दिएका छन् । यस जीवलाई वैज्ञानिकले ‘जल रिछ’ को नाम पनि दिएका छन् ।

Advertisement

यो जीव ब्रह्माण्डमा खोजिएका सबै ग्रहमा सजिलै रहन सक्छ । यसको सबैभन्दा ठुलो विशेषता भनेको यो केही पनि नखाइ ३० वर्षसम्म जीवितै रहन सक्छ । यो अद्भुत जीव १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ ।जुन् जीव समुद्रमा पाइन्छ ।गहिरो समुद्रमा पनि यो सजिलैसँग बाँच्न सक्छ । अर्थात् यसको शरिरमा पानीको कुनै दबाब पर्दैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top