गुरुकुलमा आजदेखि नाटक ‘संध्या’

विराटनगर, भदौ १
आरोहण गुरुकुल विराटनगरमा आज शुक्रवारबाट नाटक संध्या मञ्चन गरिदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशन रहेको नाटक १५ दिन सम्म मञ्चन गरिने छ ।

Advertisement

नाटकमा अशोक गौतम, जिना कार्की, समिक्षा कार्की, बिकास पराजुली, सन्तोष गौतम र सुनिल चौधरीले अभिनय गर्नेछन् । नाटकमा संध्याको भूमिकामा जीना कार्कीले अभिनय गरेकी छन् । द्वन्द्वकालीन घटनामा आधारित रहेर नाटक तयार पारिएको निर्देशक भण्डारीले जानकारी दिए । नाटक प्रत्येक दिन साझ साढे ५ बजे मञ्चन गरिनेछ जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top