लेटाङ घटना प्रकरणः १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

३० चैत ७८, बिहीबार

विराटनगर, १ वैशाख । एक जना महिला प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङ घटनामा संलग्न १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

पक्राउ परेका ६२ मध्ये १५ जनालाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । कर्तव्य ज्यान मुद्दाअन्तर्गत अभियोग दर्ता भएकामध्ये पाँच जना फरार छन् ।

घटनामा संलग्न कृष्ण विश्वकर्मा, डम्बर बहादुर कार्की, विषेश मगर, सन्तोष कुँवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखा बहादुर मगरविरुद्ध मुद्दा दर्ता भएको हो ।

फरार प्रतिवादीहरूको नाम गोप्य राखिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘एक जना नाबालक र साबालक १५ जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ । नाबालकलाई अभिभावकको जिम्मा लगाउने आदेश भइसकेको छ । अभियोग दर्ता भएका १५ जनामध्ये १० जना पक्राउ परेका छन् । पाँच जना फरार छन्,’ उनले भने, ‘अरु नाबालक १५ जनमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । उनीहरुको बयान सुरु भइसकेको छ ।’

कर्तव्य ज्यानसम्बन्धी अभियोग दर्ता भएकाहरूको बयान आगामी ४ वैशाखदेखि सुरु हुने सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

गत ६ चैतमा मोरङको लेटाङ– ५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

मृतक श्रेष्ठको प्रारम्भिक अनुसन्धानमा धारीलो हतियार प्रहार गरी हत्या गरिएको भनिए पनि उनको गोली लागेर मृत्यु भएको पोस्टमार्टमको रिपोर्टले देखाएको छ ।

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका शिक्षक पौडेललाई जबरजस्ती करणी उद्योगमा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीविरुद्धको अभियोग पनि ४ चैतमा दर्ता हुने सूचना अधिकारी बुढाथोकीले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top