लोसपाबाट छिन्नमस्ताको अध्यक्षमा २६ वर्षीय विद्यानन्दको उम्मेदवारी

११ बैशाख ७९, सोमबार

सप्तरी, ११ वैशाख ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २६ वर्षीय विद्यानन्द चौधरीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । छिन्नमस्तालाई पर्यटकीय नगरीका रुपमा विकास गर्न र पूर्वाधार तथा शिक्षाको विकासका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

Advertisement

‘यस गाउँपालिकामा तीन वर्षदेखि गाउँपरिषद्को बैठक नबस्दा कुनै पनि काम हुनसकेन । जनप्रतिनिधि निर्वाचित भए पनि जनताले कुनै पनि अनुभूति गर्न सकेनन् । १४ वर्षदेखि अलपत्र खानेपानी  आयोजनालाई सफल बनाउने मेरो लक्ष्य छ,’ उनले भने ।

नेपालकै प्रसिद्ध छिन्नमस्ता देवीको मन्दिर रहेको छिन्नमस्ता गाउँपालिकामा जसपा नेपाल र लोसपा नेपालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रअन्तर्गत रहेको पालिकामा लोसपाले २६ वर्षीय युवालाई पालिका अध्यक्षको रुपमा अघि सारेको हो । २०७४ सालको निर्वाचनमा भने यस गाउँपालिकाबाट तत्कालीन नयाँशक्ति पार्टीका सूर्यनारायण मण्डल पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top