×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

मोरङमा सवारी दुर्घटना बढ्दो, आर्थिक वर्ष २०७४÷७५ मा मात्र १ सय ९ जनाको मृत्यु

२ भाद्र २०७५

किशोर विश्वकर्मा
विराटनगर, भदौ २
मोरङ जिल्लामा सवारी दुर्घटना बढदै गएको पाइएको छ । वर्षेनी जिल्लामा सवारी दुर्घटना बढ्दै गएका कारण मृत्यू हुनेको संख्या पनि बढिरहेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्र ७ सय ५९ सवारी साधन दुर्घटना भएका छन ।

सो अवधिमा सवारी दुर्घटनाबाट १ सय ९ जनाको मृत्यू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५५ वटा ट्रक, ५८ बस, ९९ कार/जिप/भेन, ४९ ट्याक्टर, ३८ ट्याम्पो, २ सय ८१ मोटर साइकल, शारिरिक शक्तिबाट चल्ने सवारी साधन ७१ र अन्य ८ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् ।

Advertisement
Advertisement

दुर्घटनामा संलग्न ती सवारीसाधनबाट १ सय ९ जनाको मृत्यू भएको छ । त्यस्तै दुर्घटनाबाट ३ सय १८ गम्भिर घाइते, ५ सय १० सामान्य घाइते र ३ चौपायाको मत्यु भएको छ । जुन पछिल्लो तीन वर्षको अबधिमा सबै भन्दा बढी हो ।

यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ६७ सवारी साधन दुर्घटनामा संलग्न रहेका थिए । दुर्घटनामा ५१ ट्रक, ८८ बस, ८१ कार/जिप/भेन, ४९ ट्याक्टर, २१ ट्याम्पो, ३ सय १४ मोटरसाइकल, ६३ शारीरिक शक्तिबाट चल्ने सावारीसाधन, र अन्य २ सवारी साधन संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख पोखरेलले जानकारी दिए ।

उक्त दुर्घटनाबाट १ सय ४ जनाले ज्यान गुमाएका थिए भने २ सय ९० गम्भिर घाइते, ५ सय ३५ सामान्य घाइते र ४ चौपायाको मृत्यू भएको थियो । उनले आर्थिक वर्ष २०७२÷०७३ मा ६ सय ७० सवारी साधन दुर्घटनामा संलग्न रहेकोमा दुर्घटनाबाट ९९ जनाको मृत्यू, ३ सय ५१ गम्भिर घाइते, ३ सय ७५ जना सामान्य घाइते भएको जानकारी दिए ।

यी तथ्यांकलाई हेर्दा ३ वर्षको अवधिमा सबैभन्दा बढी दुर्घटना आर्थिक वर्ष २०७४÷७५ मा भएको छ भने दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा समेत बृद्धि हुदै आएका देखिएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि दिनहुँ विभिन्न सचेतनामुलक कार्यक्रम तथा आवश्यक कारवाही गरेको जनाएपनि दुर्घटना बढ्नु सामान्य कुरा होइन । यस विषयमा बुझ्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक पोखरेलले विराटनगरलगायत विभिन्न स्थानमा सडकहरु निर्माणधिन अवस्थामा रहेकाले पनि दुर्घटना बढेको बताए ।

Advertisement
Advertisement

उनले अयोग्य सवारी चालक, बाटो काट्ने तरिका नजान्नु, ट्राफिक चेतनाको कमी, अव्यवस्थित पार्किङलगायतका कारणले सडक दुर्घटना बढेको दावी गरे । प्रहरी निरिक्षक पोखरेलले यद्यपी ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि थुप्रै कामहरु गरेको जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top