भोट नहालेको भन्दै बन्धक बनाइ कुटपिट, घाइते अस्पताल भर्ना

१ जेष्ठ ,जुम्ला । जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् ।

चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् ।

वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण रोकाया, त्यही वडाका वसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफू सहित चार जना लिएर उमगाडमा कुटपिट गरेका र पछि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेका भन्दै प्रहरीमा उजुरी परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार घाइते कुमार विक्रम शाहीलाई उपचारको लागि अस्पतालमा पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top