×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मत परिणाम आउन थालेपछि एमाले अत्तालिएको कांग्रेसको आरोप

२ जेष्ठ २०७९

२ जेठ ,काठमाण्डौ । नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ ।

कांग्रेसले आज सोमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ ।

Advertisement
Advertisement

हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो ।

चुनावमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको पाइएको तर कांग्रेसले मत परिणामलाई स्वाभाविक मानिरहेको प्रवक्ता प्रकाशशरण महतले निकालेको विज्ञप्तिमा भनिएको छ ।

चुनावको परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले चुनावको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर योजनाबद्ध रूपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपन भएको कांग्रेसले जनाएको छ ।

Advertisement

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगले गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको विज्ञप्तिमा दाबीसमेत गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top