०७४ सालमा पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

५ जेष्ठ, काठमाडौँ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ ।

पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।

पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिका जनप्रतिनिधिविहीन हुनेछन् ।

जनप्रतिनिधिले शपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

बजेटका काम तथा एजेन्डा प्रस्तुत गर्ने कतिपयमा केही समस्या पर्न सक्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

७५३ पालिकामा मेयर/अध्यक्ष ७५३ तथा उपमेयर/उपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top