चरा ठोक्किएको आशङ्कापछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

चरा ठोक्किएको आशङ्कापछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

९ जेष्ठ, भैरहवा । चरा ठोक्किएको आशङ्कापछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ ।

१२१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् ।

विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइनेछ ।

विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनमा पस्यो कि भन्ने आशङ्का गरिएको छ ।  त्यसैले प्राविधिकले जाँच गरेपछि मात्रै विमानले उडान भर्ने कार्यालयले जनाएको छ।

गएको २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गरिरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.