×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

लुक्ला विमानस्थलबाट फर्किने विदेशी यात्रुको संख्या बढ्यो

९ जेष्ठ २०७९

९ जेष्ठ, सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ ।

खुम्बुमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाण्डौ फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

Advertisement
Advertisement

अहिले लुक्ला भित्रिने यात्रुको सङ्ख्या न्यून रहेको र दैनिक ३ सयभन्दा बढी पर्यटकहरु त्यहाँबाट फर्किने गरेका प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी दिए ।

चाप बढेसँगै विमान कम्पनीहरुलाई भ्याइनभ्याइ भएको छ । देशकै बढी व्यस्त हुने विमानस्थल मध्येको एक लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुने गरेको छ भने त्यतिकै सङ्ख्यामा हेलिकप्टरहरुले उडान भर्ने गरका छन्।

काठमाण्डौबाट लुक्ला आउने प्रायजसो जहाजहरु खाली नै हुने गरे पनि फर्किँदा पूरा यात्रु लिएर जाने गरेको विमान कम्पनीहरुले जनाएका छन् । फर्किने पर्यटकहरुको चाप बढी भए पनि मौसमले साथ नदिँदा कतिपय उडानहरु रद्द हुने गरेको छ।

केही दिनदेखि बिहानको समयमा मौसम धुम्मिने र मध्यान्नपछि मात्रै खुल्ने गरेकाले सोचेजस्तो उडान हुन नसकेको प्रमुख अछामीको भनाइ छ ।

Advertisement
Advertisement

खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top